कोशी

इलामको महाभीर चट्टान बन्यो पुर्वको पहिलो आरोहण रुट (फोटो फिचर)

इकागज |
साउन २, २०८० मंगलबार १०:१८ बजे

इलाम- इलाम नगरपालिका- ८ मा रहेको महाभीर चट्टानमा आरोहणको रुट तयार भएको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा याे रुट तयार भएकाे हाे । साे रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन् । रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन् । 


रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो । नरबहादुरको साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका थिए । रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाएको थियो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चट्टानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन् । नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो माउण्टेन रुट रहेको बताइएको छ ।


Author

थप समाचार
x