राजनीति

मधेश प्रदेशमा सत्ता गठबन्धनकी अर्याल विजयी

इकागज |
माघ १२, २०७८ बुधबार १८:४० बजे

जनकपुरधाम - राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ मधेश प्रदेशमा सत्तागठबन्धनको उर्मिला अर्याल उम्मेदवार विजयी भएकी छिन् । अर्यालले २२७ मत सहित ६१५६ मतभार ल्याएर विजयी भएकी छन् ।

उनले प्रदेश सभा सदस्यतर्फ ६९ र स्थानीय तह तर्फ १५८ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्दी रूपा यादवले १०८ मतसहित २७५४ मत ल्याएकी थिइन् । त्यस्तै अर्का उम्मेद्वार बिना साहले ९ मत ल्याएकी थिइन् ।


विजयी उम्मेद्वार अर्याल गठबन्धनकाे माओवादी केन्द्रबाट उम्मेद्वार थिइन् भने यादव लाेकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेद्वार थिइन् भने बीना साह एमालेकी थिइन् । कुल ३६६ खसेकाे मत मध्ये ३ प्रदेश सभा सदस्यतर्फ ३ र स्थानीय तर्फ १६ गरि १९ मत बदर भएकाे थियाे । 


Author

थप समाचार
x