'सम्मेलनमा दलका नेता नबोलाउने भनेर अधिवेशन गरियो, ओली आउन पाउनु भएन’
काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली माओवादीको जारी महाधिवेशनमा सहभागी हुन नआएको बारे स्पष्ट पारेका छन् । आजबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिनेक्रममा पोखरेलले ओली आउन चाहँदा चाहँदै पनि आफ्नो नियमित कामको लागि काठमाडौँ बाहिर भएकोले सहभागी नभएको बताएका हुन् ।
‘अस्तिसम्म हामीले सम्मेलनका रुपमा हुन्छ। राजनीतिक दललाई बोलाउने कार्यक्रम छैन भन्ने सुनेका थियौँ,’ उनले भने, ‘त्यही भएर पार्टी अध्यक्ष आफ्नो नियमित कामको लागि उपत्यका बाहिर जानुभएको छ। आउन चाहँदा चाहँदै पनि आउन सक्नुभएन।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया