कला

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

इकागज |
जेठ ६, २०८१ आइतबार ८:४६ बजे

काठमाडौँ - बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ । 

योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रेन्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो फिल्म हाउसफुलमा मेजर कृष्ण रावको भूमिका निभाएका थिए ।


यद्यपि निर्माताहरूले यी दुई कुराको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

मिड डे रिपोर्टका अनुसार अनिल कपुर र फिल्मका निर्माता साजिद नाडियाडवालाबीच पारिश्रमिकको विषयमा कुरा नमिलेको बताइएको छ । जसका कारण अनिलले यो फिल्म छोडेका छन् । 

यो परिवर्तनपछि निर्माण पक्षले फिल्ममा नाना पाटेकरको चरित्रलाई पुन: लेख्न थालिएको छ । वास्तवमा, यसअघि फिल्ममा अनिल कपूरसँग उनको केमेस्ट्री देखिने थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अर्जुन रामपाल यो फ्रेन्चाइजीमा सामेल हुन सक्छन् । 

कास्टिङमा यति ठूलो परिवर्तन भए पनि हाउसफुल ५ को सुटिङ शेड्युलमा कुनै परिवर्तन नभएको रिपोर्टमा उल्लेख छ । फिल्मका निर्देशक तरुण मनसुखानीले अगस्टदेखि बेलायतमा छायांकन सुरु गर्ने भएका छन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा रिलिज हुने भएको थियो । तर अब यो २०२५ मा रिलिज हुनेछ ।

निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै भनेका थिए- हाउसफुल फ्रेन्चाइजको ठूलो सफलताको श्रेय दर्शकहरूलाई जान्छ । हाउसफुल ५ को कथा एकदमै फरक छ र जनतालाई पक्कै पनि मन पर्नेछ । यसलाई उत्कृष्ट भिएफएक्स पनि चाहिन्छ, जसका कारण रिलिज मिति विस्तार गरिएको छ। फिल्म ६ जुन, २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ । 


Author

थप समाचार
x