राजनीति

कांग्रेस प्रदेश २ अधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक

इकागज |
पुस ६, २०७८ मंगलबार १६:४० बजे

जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनकाे निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेकाे कार्यतालिका अनुसार मंगलबार दिउँसो १:३० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ भने आजै दिउँसो साढे १ देखि मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिएका छन ।

त्यस्तै,मनोनयनपत्र माथि पर्ने दाबी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजेसम्म रहेकाे छ । दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए । 


मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुनेछ । समय बितिसकेको भए पनि मतदान केन्द्रभित्र प्रवेश गरेकोलाई मतदानबाट बञ्चित नगरिने उनले बताए ।


Author

थप समाचार
x