राजनीति

नेपाल भ्रमणमा रहेका चौथाइवाले र महन्थ ठाकुरबीच छलफल

इकागज |
भदौ ७, २०७८ सोमबार १८:४७ बजे

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुसँग छलफल गरेका छन् । भेटमा ठाकुर नेतृत्वको नयाँ दल निर्माणको परिस्थित र नेपालको विकसित राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका उनले सोही साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् । भारतीय जनता पार्टी र नेपालका राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर बनाउने भन्दै नेपाल भ्रमणमा आएका उनले यहाँका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्ने बताएका छन् । सोमबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका उनले त्यसपछि ठाकुरसँग भेटेका हुन् ।



Author

थप समाचार
x