राजनीति

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

इकागज |
बैशाख २४, २०८१ सोमबार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।


उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफूलाई घाटा लागेको समेत बताए ।

आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै अगाडि भने- 'म एमाले आउने तपाईंको खुट्टा तान्न आउने होइन । म तपाईंलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।'

सोही कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए ।


Author

थप समाचार
x