राजनीति

भुटानी शरणार्थी प्रकरण

एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

इकागज |
बैशाख १३, २०८१ बिहीबार १८:४५ बजे

काठमाडौँ- सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् ।


त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए ।

पूर्व सभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिएको छ भने इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ ।


Author

थप समाचार
x