राजनीति

यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई समितिको निर्देशन

इकागज |
चैत २५, २०८० आइतबार १९:३९ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले उपभोक्ता अदालत गठनका लागि नियम, नियमावली मापदण्डहरू यसै आर्थिक वर्षभित्र तर्जुमा गरी उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको हो । उपभोक्ता अदालतको गठनमा देखिएका समस्याका विषयमा आगामी बैठकमा कानुन मन्त्री र उद्योग मन्त्रीसँग थप छलफल गरिने समिति सभापति अब्दुल खानले जानकारी दिए ।


उनले उपभोक्ता अदालत गठन गर्न कानुनी अड्चन भए समितिलाई जानकारी गराउन पनि निर्देशन दिए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था भएपनि हालसम्म गठन हुन सकेको छैन । 


Author

थप समाचार
x