राजनीति

इलाम २ उपनिर्वाचन : अहिलेसम्म कति जनाले गराए उम्मेदवारी दर्ता ?

इकागज |
चैत २४, २०८० शनिबार १४:४७ बजे

काठमाडौँ- अहिलेसम्म इलाम २ मा ​७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्यकर्ताहरूको जुलुससहित निर्वाचन कार्यालय पुगेर उनीहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट सुहाङ नेम्वाङ, जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।


आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।

इलाम-२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ ।

 


Author

थप समाचार
x