राजनीति

विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

इकागज |
चैत २२, २०८० बिहीबार १८:१६ बजे

बुटवल- लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

यसअघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर, उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।


यसअघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।


Author

थप समाचार
x