राजनीति

प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर समय

जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरू गरिरहेका छौं : वनमन्त्री साह

इकागज |
चैत २०, २०८० मंगलबार १५:२० बजे

काठमाडौँ- वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरू गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले जलवायु परिवर्तनको असरप्रति सरकार गम्भीर रहेको भन्दै जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरू गरिरहेको बताएका हुन् । 


उनले सवारी साधनबाट उत्सर्जन हुने धुवाँको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताए । तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

मन्त्री सुडीलाई सांसद प्रेम सुवाल र सांसद निशा डाँगीले प्रश्न गरेका थिए । 


Author

थप समाचार
x