राजनीति

टीआरसी विधेयक पास गर्न दलहरू एक ठाउँमा उभिनुपर्छ : देवेन्द्र पौडेल

इकागज |
चैत १८, २०८० आइतबार १३:२७ बजे

फाइल तस्बिर

काठमाडौं - सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आवश्यक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विधेयक पास गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले टीआरसी विधेयकलाई  बार्गेनिङ गर्न दलहरूले आवश्यक नभएको बताए । उनले जनआन्दोलनपछि दुई दशकको समय बित्दा राज्यको तर्फबाट भएका प्रतिबद्धताअनुसार नागरिक विश्वस्त नहुने जिकिर गरे । 


कानुन मन्त्रालयले ११७ विधेयक तयारी गरेको तर, सदनको समय कटाक्षमै बित्ने गरेको तर्क उनको छ । 


 


Author

थप समाचार
x