राजनीति

सुन तस्करी प्रकरण

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

इकागज |
चैत ५, २०८० सोमबार २१:५ बजे

काठमाडौँ- सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौँले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।


जिल्ला अदालत काठमाडौँले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ । उनलाई के भएको भन्नेबारे भने खुलिसकेको छैन ।


Author

थप समाचार
x