राजनीति

राष्ट्रिय सभा निर्वाचन

कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

इकागज |
माघ ११, २०८० बिहीबार १८:३८ बजे

सुर्खेत- राष्ट्रिय सभा कर्णाली प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।

मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए ।


गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विक विजयी भएका हुन् ।


Author

थप समाचार
x