राजनीति

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न

इकागज |
माघ ११, २०८० बिहीबार १५:३ बजे

दाङ- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए । 

मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा  मतदानको समय ३ बजे सम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए । 


दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन्  । अबको केही बेरमा मत गणना थालिने उनले जानकारी दिए । रासस


Author

थप समाचार
x