राजनीति

मन्त्री किरातीको टिप्पणी : नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम

इकागज |
पुस १५, २०८० आइतबार १७:४२ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परे पनि सोचेअनुसार अघि बढ्न नसकेको बताए । उनले नेपालको पर्यटन नेपालीपनको हुनुपर्नेमा आफूले जोड दिएको दोहोर्याए ।


मन्त्री किरातीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरे पनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको जिकिर गरे । उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए ।

मन्त्री किरातीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

 


Author

थप समाचार
x