राजनीति

प्रधानमन्त्री दाहाल भोलि धनगढी जाने, सुदूरपश्चिम महोत्सवको उद्घाटन

इकागज |
मंसिर २१, २०८० बिहीबार १८:२५ बजे

धनगढी- कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव भाेलि शुक्रबारदेखि हुने भएको छ ।

आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।


महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ  काठमाडौँ फर्किनेछन् ।

व्यावसायिक कृषि प्रदर्शनी, उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।


Author

थप समाचार
x