राजनीति

ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक श्रेष्ठ पक्राउ

इकागज |
असार २६, २०८० मंगलबार २०:१७ बजे

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौँबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हाल साविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।


ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।


Author

थप समाचार
x