राजनीति

मधेश प्रदेश

मन्त्रालय बाँडफाँटबारे बैठक सुरु

सुभाष कर्ण |
जेठ ८, २०८० सोमबार १५:४१ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारकाे मन्त्रालय बाँडफाँटबारे बैठक सुरु भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बसेकाे बैठकमा पाँच दलीय गठबन्धन दलका प्रदेश दलीय नेताहरूकाे बैठक सुरु भएकाे हाे । आइतबार ११ बजे बस्ने भनिएकाे बैठक आज अढाई बजेदेखि सुरु भएकाे छ ।

मुख्यमन्त्री सराेजकुमार यादवकाे अध्यक्षतामा बसेकाे बैठकमा नेपाली कांग्रेसका कृष्ण यादव, लाेसपाका अभिराम शर्मा, माओवादी केन्द्रका भरतप्रसाद साह, नेकपा (एस) का गाेविन्द न्याेपानेकाे सहभागिता रहेकाे छ ।


बैठकमा आलाेपालाे अनुसार सरकार नेतृत्वकाे समयावधि, अर्काे कार्यकाल कसले पाउने र मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएकाे छ ।

शुक्रबार सत्तारूढ दलका शीर्ष नेताहरूसहित प्रदेशका दलीय नेताहरूको सहभागितामा भएको बैठकले वर्तमान जसपा नेतृत्वका सरकारलाई यथावत् राख्दै मधेश प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय भएकाे थियाे ।

अर्को कार्यकालको नेतृत्व कुन दलले कति समयका लागि नेतृत्व पाउने र मन्त्रालय भागबण्डाबारे आइतबार जनकपुरधाममा बस्ने प्रादेशिक दलीय नेताहरूबीचको छलफलबाट प्याकेजमा सहमति गरिने निर्णय गरिएकाे थियाे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x