राजनीति

राष्ट्रपतिलाई भेट्‍न ओलीको दौडधुप

इकागज |
मंसिर ३, २०७७ बुधबार ११:५४ बजे

फाइल तस्बिर

काठमाडौं : नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । नेकपा विवाद चरम उत्कर्षमा पुगेको बेला बुधबार बिहान शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीका अनुसार ओली नियमित रिर्पोटिङका लागि शीतलनिवास आएको बताए । 'प्रधानमन्त्रीज्यू नियमित रिर्पोटिङका लागि आउनु भएको हो' अधिकारीले इकागजसँग भने 'उहाँहरुबीच करिब आधा घण्टा छलफल भएको थियो ।'


नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । राष्ट्रपति भण्डारीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीलाई मंगलबार मात्रै छुट्टाछुट्टै भटेर छलफल गरेकी थिइन् । ओलीले बैठक सार्न राष्ट्रपति भण्डारीमार्फत सुझाव दिए पनि दाहालले सचिवालय बैठक सार्न अस्वीकार गरेका थिए ।

र, यो पनि
- अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्‍न मञ्‍जुर
गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
१ बजे बालुवाटारमा सचिवालय बैठक बस्‍छ : नारायणकाजी
नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?

सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्‍दैछ । पार्टी सचिवालय बैठक टार्दै आएका ओली अन्तत आज दिउँसो १ बजे बस्‍ने बैठकमा सहभागी हुने उनी निकट एक नेताले इकागजलाई जानकारी दिएका छन् । ओलीले आफु पनि बैठकमा सहभागी हुने महासचिव विष्णु पौडेलमार्फत खबर पठाएका छन् । 'दाहाल र नेपाललाई १ बजे सचिवालय बैठक बस्‍ने जानकारी ओलीले महासचिव पौडेलमार्फत पठाउनु भएको छ' ओली निकट एक नेताले भने 'आज १ बजे बस्‍ने सचिवालय बैठकमा ओली सहभागी हुनुहुन्छ । मन्त्रिपरिषद् बैठक भने साढे २ बजे बस्‍ने तयारी छ ।' ती नेताका अनुसार मन्त्रिपरिषद् बैठक केही समय सारेर ओली सचिवालय बैठकमा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले काउन्टर दिंदै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो भएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।

दाहालको प्रस्तावलाई आरोपपत्र भन्दै ओलीले त्यो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । यस्तो प्रस्तावको जवाफ दिन नपर्ने भनिरहेका थिए ।


Author

थप समाचार
x