राजनीति

म ९ महिना कृषिमन्त्री हुँदा नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन दिइनँ : हरिबोल गजुरेल

इकागज |
माघ १०, २०७९ मंगलबार १८:५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् ।​

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका हुन् । गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिबद्धता जनाए ।​


उनले विगतमा आफू ९ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गरे ।


Author

थप समाचार
x