राजनीति

दोलखामा मतगणना सुरु

इकागज |
मंसिर १५, २०७९ बिहीबार २१:४२ बजे

काठमाडौँ- दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना  सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरु भएको हो । आज प्रतिनिधिसभा सदस्यको मतगणना सुरु हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरु गरिने जनाइएको छ । 


दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का  गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

दोलखाको १० मतदान केन्द्रमा आज पुनः मतदान भएको थियो भने जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।


Author

थप समाचार
x