राजनीति

उदयपुर–१ मा परराष्ट्रमन्त्री डा.नारायण खड्काको अग्रता

इकागज |
मंसिर १३, २०७९ मंगलबार १२:२० बजे

फाइल फाेटाे

काठमाडौं– उदयपुर–१ मा सत्तापक्ष नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच कडा प्रतिस्पर्धा रहेको छ ।  निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका डा.नारायण खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मन्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छिन् । उनीहरूबीच एक हजार ८२५ मतान्तर रहेको छ ।  त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका ध्रुवकुमार रायमाझी ३ हजार ४२८ मत सहित तेस्रो स्थानमा छन् । 



Author

थप समाचार
x