राजनीति

सुनसरी १ मा घण्टीलाई पछि पार्दै जसपाका अशोकले लिए अग्रता

इकागज |
मंसिर ११, २०७९ आइतबार १५:१० बजे

काठमाडौँ- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ पछि परेकी छन् । उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले  उनलाई २ सय १८ मतले पछि पारेका हुन् ।

राईले १४ हजार ४२६ मत ल्याएका छन् । उनले एमालेसँग गठबन्धन गरी उम्मेदवारी दिएका थिए ।


स्वतन्त्र पार्टीकी तामाङले १४ हजार २०८ मत ल्याएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ्ग सुब्बाले ११ हजार २६६ मतले दुवै उम्मेदवारको पछि-पछि लागिरहेका छन् ।

 


Author

थप समाचार
x