राजनीति

इलाम-२ बाट प्रदेश सभामा रामबहादुर मगर निर्वाचित

इकागज |
मंसिर ८, २०७९ बिहीबार १९:३८ बजे

काठमाडौँ- इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराएका हुन् ।

सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार राम बहादुर मगरले १३ हजार ७ सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । राना यसअघि समेत इलाम २ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।


 


Author

थप समाचार
x