राजनीति

सप्तरी–१ मा तेस्राेबाट दाेस्राेमा उक्लिँदै अन्तमा जसपाका साह बने प्रतिनिधिसभा सदस्य

इकागज |
मंसिर ८, २०७९ बिहीबार १९:३२ बजे

सप्तरी- सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।    
    
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरे । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे ।    
    
गतप्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा सूर्यनारायण यादव विजयी भएका थिए । राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।    
    
प्रतिनिधिसभा सदस्य तर्फ सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव र सप्तरी–२ मा जनमत पार्टीका सिके राउत विजयी भइसकेका छन् । हालसम्म घोषित परिणामअनुसार सप्तरीमा कांग्रेस, जसपा र जनमत पार्टीले एक-एक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । प्रदेशसभामा जनमत पार्टीले चार, कांग्रेस र एमालेले एक -एक प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ ।



Author

थप समाचार
x