राजनीति

हिजोको माओवादी अब एकीकृत हुने सम्भावना बढेकाे छ : दाहाल

कमल विष्ट |
असार १९, २०७९ आइतबार १५:१६ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा माओवादी आन्दोलन र माओवादी पार्टी एकता प्रक्रियामा जानै पर्ने बताएका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले संस्थागत रुपमा माओवादी अघि बढिरहेको जिकिर गरे। उनले भने, 'अझ संस्थागत रूपमा माओवादी अगाडि बढ्ने क्रम बढेको छ । हिजोको माओवादी एकीकृत हुने सम्भावना त बढेकै छ। हामीले ठूलै कोसिस गर्‍यौ। माओवादीमा देखा परेका विचलनलाई हल गर्ने मात्र नभै माओवादी धारा एक हुने क्रम अहिले पनि छ ।'


अध्यक्ष दाहालले आज मात्रै नेकपा हुँदाका सचिवालयका सदस्यसँग छलफल भएको पनि बताए । उक्त छलफलमा नेकपा एकीकृत गर्नका लागि वामपन्थी आन्दोलनको लागि सम्भावना भएको पनि भएको उनको भनाइ थियो । 'हामी गठबन्धनमा छौँ,' उनले भने ।

‘यसपालि धेरै ठाउँमा उम्मेदवारी दर्ता नै गरेनौं,’ उनले भने, ‘पहिलाको निर्वाचन र दोस्रोको तुलनात्मक अध्ययन भएर कमी कमजोरीको विश्लेषण गरेका छौं ।’ उनले कांग्रेसबाट धोका भएको महसुस भएकाले आउने दिनमा यसबाट शिक्षा लिनुपर्ने बताए ।

उनकाअनुसार निर्वाचनमा कमजोर नतिजाको परिणाम पार्टीभित्र कै गुटबन्दी र असहयोग पनि हो । 
उनले आगामी निर्वाचनको तयारी र रणनीति बारे चर्चा गरिनुपर्ने बताए । ‘हाम्रो अगाडि सम्भावना र चुनौती दुबै छ। यसलाई ध्यान दिनुपर्नेछ ।’ उनले भने ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x