राजनीति

थापासहित तीन प्रतिस्पर्धीमाथि भारी बन्दै आचार्य

इकागज |
जेठ ७, २०७९ शनिबार १६:२० बजे

कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत-समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।  शनिबार दिउँसाेकाे अपडेटअनुसार आचार्यले ३४ हजार ८१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ३१ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् । आचार्यले ३ हजार ४ सय ४५ मतले अग्रता कायम गरेका छन् ।


उपमेयरमा एमाले अगाडि छ । एमालेकी मञ्जुदेवी गुरुङ्ग ३५ हजार ७९९ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका कोपिला रानाभाटले ३५ हजार २८९ मतका साथ पछ्याइरहेकी छिन् । 

२ लाख ७ हजार ७ सय१२ मतदाता रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत सखेको थियो । अब ५२ हजार ४४२ मत गन्न बाँकी छ । 
 


Author

थप समाचार
x