दल

स्थानीय निर्वाचनको सरगर्मी : लुम्बिनीमा दलहरूको दौडधुप

विक्रम खड्का |
फागुन ३०, २०७८ सोमबार १२:६ बजे

बुटवल – बढ्दो गर्मीसँगै लुम्बिनी प्रदेशमा स्थानीय तहको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यतिबेला मुख्य दलीय स्थानीय नेता/अगुवा कार्यकता चुनावी रणनीतिक खाँका कोर्न व्यस्त छन् । अबको ६० दिनमा स्थानीय सरकारका निम्ति चुनाव हुँदैछ । उता आकांक्षीहरू पनि पार्टीभित्र आफू दर्बिलो उम्मेदवार भएको देखाउन खोज्दैछन्, दलीय टिकटका निम्ति ।

खासगरी मुख्य प्रतिस्पर्धी दलहरू आन्तरिक रणनीति बनाउनेदेखि मतदातासँग पुग्ने गरी कार्यक्रम थालेका छन् । लुम्बिनी प्रदेशमा अघिल्लो चोटि एमालेले धेरै ठाउँमा कब्जा जमाएको थियो । ती ठाउँमा मजबूत पार्न एमालेले केन्द्रीय नेताहरूलाई जिल्ला पठाएको छ ।


स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षणका लागि दोस्रो तहका नेताहरू पनि जिल्ला जिल्लामा छन् । उता अर्को ठूलो दल नेपाली कांग्रेसले त आइतबारबाटै देशभरिका गाउँ–गाउँ तताउने अभियानमा छ, ‘घर–घर जाऔं, कांग्रेस जिताऔं ।’ 

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्ला–जिल्लामा पठाएको छ । प्रतिनिधिहरूले अगुवा कार्यकर्ताहरूको भेला, छलफल गर्ने र उम्मेदवारहरूको विषयमा जानकारी लिँदैछन् । 

माओवादी केन्द्रले पनि अगुवा कार्यकर्ता भेलालाई तीव्र बनाएको छ । गठबन्धनमै चुनाव लड्ने या नलड्ने विषयमा केही अन्यौल भएपनि पार्टी निर्वाचनमा होमिएको जनाएको छ । यस्तो जसपा, राप्रपा लगायतका दलहरू पनि चुनावी अभियानमा जुटेका छन् । 

एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले आफ्नो पार्टी स्थानीय निर्वाचनका निम्ति मतदाता कहाँ गइरहेको बताए । उनले भने, ‘हामी सँधै जनतासँगै हुन्छौं । तथापि चुनावी अभियान नै लिएर एमाले गाउँ–गाउँ र घर–दैलोमा पुग्दैछ ।’ 

उनले अघिल्लो चोटि जसैगरी यसपालि पनि लुम्बिनीका एक सय ९ पालिकामा एमाले पहिलो नै बन्ने दावी गरे । उता नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले कांग्रेस पूर्ण रुपमा निर्वाचनमा होमिएको बताए । उनले भने, ‘केन्द्रीय समिति र प्रदेश समितिले निर्णय नै गरेर पार्टी पालिका निर्वाचनमा केन्द्रित भएको छ, अब निर्वाचन अभियानमा कांग्रेसका प्रतिनिधिहरू जनताको घर घरमा पुगिरहेका छन् ।’

सभापति पुनले लुम्बिनी प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । त्यसो त, सबै दलका नेता गत निर्वाचनमा आफ्नो पार्टीले जितेका तहमा फेरि जित हासिल गर्ने रणनीतिमा छन् । 

पहिलो पार्टी बनेको एमालेलाई पार्टी विभाजनले गर्दा आफूले जितेका तहमा फेरि जित्नुपर्ने चुनौति छ । यद्यपि एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको प्रभाव कम परेको दाबी गर्दै आएको छ ।

सत्ता गठबन्धनले के गर्छ भन्ने विषयमा अन्यौल छ भने एमालेले गठबन्धनविरुद्ध पनि भिड्ने बताउँदै आएको छ । संघीय सरकारमा गठबन्धनका दलहरूले स्थानीय पालिकाको निर्वाचनमा गठबन्धन गर्ने विषयमा औपचारिक रुपमा कुनै निर्णय त गरेका छैनन्, तर उनीहरू गठबन्धन नगरेसम्म निर्वाचन जित्नेमा ढुक्क देखिएका छैनन् । एमालेलाई पनि गठबन्धनसँग डर छ । 

बुटवलमा कार्यकर्ता प्रशिक्षणका क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनविरुद्ध पनि एमालेले सहजै जित्ने दाबी गरे । तर पार्टीभित्रको आन्तरिक छलफलमाा गठबन्धन भए धेरै सिट असुरक्षित हुने निस्कर्ष एमालेले निकालेको छ । 

गत निर्वाचनमा अधिकांश स्थानमा कांग्रेस–माओवादीको गठबन्धन थियो । तर त्यतिबेलाको गठबन्धन माथिबाट लादिएको र गलत नजिता दिएको कांग्रेस नेताहरूको तर्क छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गठबन्धन स्थानीय आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने बताए । उनले पालिकाका साथीहरूको इच्छा अनुसार मात्र गठबन्धन हुने या नहुने निर्धारण हुने भनाइ श्रेष्ठको छ । 

लुम्बिनीमा कहाँ कुन दलले जितेका थिए ?
लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा एमाले ३ उपमहानगरपालिकासहित ४३ स्थानीय तहमा जित निकालेको थियो ।

कांगे्रसले ३३, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा मधेशी जनाधिकार फोरम र स्वतन्त्र उम्मेदवारले २÷२ र राप्रपाले १ स्थानीय तहको प्रमुखमा जितेको थियो ।

एमालेले रुपन्देहीमा ७, बाँकेमा ४, बर्दिया, दाङ, पाल्पा, गुल्मीमा एमाले धेरै स्थानीय तहमा जित हात पारेको थियो भने कपिलवस्तु, अर्घाखाँची, नवलपरासीमा कांग्रेसले जितेको थियो । यस्तै माओवादी केन्द्र रुकुम पूर्व र रोल्पामा बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकुम पूर्वका ३ वटै तहमा जितेको थियो ।

संघीय समाजवादी फोरमले रुपन्देही ३ र कपिलवस्तु २ र बाँकेको १ स्थानीय तहमा जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्युठानका दुई तहमा जितेको थियो भने राप्रपा बाँकेको नेपालगंज उपमहानगरपालिकामा सीमित भयो ।

बुटवल उपमहानगरपालिकासहित केही स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबबीच तालमेल भएको थियो । यसबीचमा मधेशी जनाअधिकार फोरम कांग्रेसमा विलय भएको छ भने प्रदेशका केही स्थानीय तहका प्रमुखहरूले पार्टी परिर्वतन गरेका छन् । एमाले विभाजनको असर पनि छ । 

लुम्बिनीमा अघिल्लो चुनावी परिणाम
रुपन्देही
१. बुटवल उपमहानगरपालिका–एमाले (२३२४९), कांग्रेस(२०८५१), जनमुक्ति (११५१)
२. तिलोत्तमा नगरपालिका–एमाले (२१८६८), कांग्रेस (१९०९४), माओवादी (२६५१)
३. देवदह नगरपालिका–कांग्रेस (१०२११), एमाले(१००९९), राप्रपा (६७६)
४. सैनामैना नगरपालिका–एमाले (१३०३६), कांगे्रस (१०३०५), माओवादी (२४१७)
५. सिद्धार्थनगर नगरपालिका–एमाले(६७०५), कांग्रेस(५२५०), राप्रपा (४६३७), माओवादी (३४०७)
६. लुम्बिनी सांस्कृतिक नगरपालिका–स्वतन्त्र (८१७५), संघीय समाजवादी (७०३९), मधेशी जनअधिकार(३५७५)
७. ओमसतिया गाउँपालिका–माओवादी (२४४२), संघीय समाजवादी (२३११), कांग्रेस (२०११)
८. कंचन गाउँपालिका–एमाले (६७७७), कांग्रेस (५९६७), जनमुक्ति (६६१)
९.कोटहीमाई गाउँपालिका–संघीय समाजवादी (३३११), कांग्रेस (३१८९), स्वतन्त्र (३१४४)
१०. गैडहवा गाउँपालिका–संघीय समाजवादी (५४११), कांग्रेस (३४१८), एमाले (३१४८)
११. मर्चवारी गाउँपालिका–संघीय समाजवादी (३४०५), कांग्रेस (२१६६), स्वतन्त्र (२१२२)
१२. मायादेवी गाउँपालिका–कांग्रेस(२८१६), स्वतन्त्र (२२५२), बहुजन पार्टी (२०५६)
१३. रोहिणी गाउँपालिका–संघीय समाजवादी (३७६०), राप्रपा (३५४२), कांग्रेस (२४५१)
१४. शुद्धोधन गाउँपालिका–एमाले (५३७१), कांग्रेस (५०१६), संघीय समाजवादी (२०८२), माओवादी (१३४८)
१५. सम्मरीमाई गाउँपालिका–मधेशी जन अधिकार (३०६६), कांग्रेस (२१९६), स्वतन्त्र (१९७९)
१६. सियारी गाउँपालिका–एमाले(६०५२), कांग्रेस(५४००), संघीय समाजवादी(२४९८)

बाँके
१. कोहोलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
२. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी(१९३४)
४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाले(१४६६), माओवादी (९३७)
५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
६.नेपालगंज उपमहानगरपालिका, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
८. राप्ती रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)

बर्दिया
१. गुलरिया नगरपालिका, कांग्रेस (६२०७), एमाले(५७३६), माओवादी (४९०४)
२. गेरुवा गाउँपालिका, कांग्रेस (६००३), माओवादी(५१५८), एमाले(२७०९)
३. ठाकुरबाबा नगरपालिका, एमाले (७०७४), माओवादी(६९५५), कांग्रेस(४५४०)
४. बढैयाताल गाउँपालिका, एमाले (८१९८), माओवादी(६८९६), कांग्रेस(४९६१)
५. बारबर्दिया नगरपालिका, माओवादी(११०४२), एमाले(८६४५), कांगे्रस(८१९९)
६. बासगढी नगरपालिका, एमाले (८७७५), माओवादी(७८२२), कांग्रेस(६४७६)
७. मधुवन नगरपालिका, माओवादी(८४३१), एमाले(५९२३ ), कांगे्रस(५४३१)
८. राजापुर नगरपालिका, माओवादी(९५३५), कांगे्रस(८८८३), एमाले(५२३५)

दाङ
१. गढवा गाउँपालिका, एमाले(३६७७), माओवादी(३३०४), कांग्रेस(३०३१)
२. घोराही उपमहानगरपालिका, एमाले(२२०३०), कांग्रेस(१७४८४), माओवादी(१२०८२)
३. तुलसीपुर नगरपालिका, एमाले(२२८५७), कांग्रेस(१८९०३), माओवादी(८६९३)
४. दंगीशरण गाउँपालिका, एमाले(३१६१), कांग्रेस(२८४१), माओवादी(२४८५)
५.बंगालचुली गाउँपालिका, माओवादी(३३५२), कांग्रेस(२५१५), एमाले(१६३४)
६. बबई नगरपालिका, एमाले(४२७१), कांग्रेस(३९५९), माओवादी(२५४३)
७. राजापुर गाउँपालिका, कांग्रेस(२३९५),माओवादी(१८५८), एमाले(१७८१)
८. राप्ती गाउँपालिका, कांग्रेस(४७९७),माओवादी(३९४२), एमाले(३५५७)
९. लमही नगरपालिका, एमाले(५१५२), कांग्रेस(५०६९), माओवादी(४०८१)
१०. शान्तिनगर नगरपालिका, कांग्रेस(३८५२) एमाले(२९२४), माओवादी(२८३७)

रोल्पा
१. त्रिवेणी गाउँपालिका, एमाले(३३३३), माओवादी(३११२), कांग्रेस(९८४)
२. थवाङ गाउँपालिका– माओवादी(१९९०), कांग्रेस(९६५), एमाले(१२०)
३. दुईखोली गाउँपालिका, माओवादी(४६०८), कांग्रेस(१९८९), एमाले(६५९)
४. माडी गाउँपालिका, माओवादी(३१८२), कांग्रेस(२६२१)
५. रुन्टीगढी गाउँपालिका, एमाले(३४०२), कांग्रेस(३२७९), माओवादी(३१०८)
६. लुङग्री गाउँपालिका, कांग्रेस(३१२५), माओवादी(२९१०), राप्रपा(१०११), एमाले(७०९)
७. सुकिदह गाउँपालिका, माओवादी(२४१४), एमाले(२२९०), कांग्रेस(२२६१)
८. सुनछहरी गाउँपालिका, माओवादी(२५६१), कांग्रेस(११३६), एमाले(९४७)
९. सुवार्णवती गाउँपालिका, माओवादी(४१५५), कांग्रेस(३०६०), एमाले(१०१९)
१०. रोल्पा नगरपालिका, माओवादी(५६३४), कांग्रेस(३८२७), एमाले(४७८)

रुकूम पूर्व
१. पुथा उत्तरगंगा गाउँपालिका, माओवादी(२५५१), एमाले(१२३६), कांग्रेस(१११४)
२. भुमे गाउँपालिका, माओवादी(३४८२), कांग्रेस(१७१४), एमाले(४४२)
३.सिस्ने गाउँपालिका, माओवादी(३२९६), कांग्रेस(२४७१), एमाले(४६)

प्यूठान
१. ऐरावती गाउँपालिका, कांग्रेस(२४९०), एमाले(२४७४), जनमोर्चा (२२२२)
२. गौमुखी गाउँपालिका, कांग्रेस(३७४२), जनमोर्चा (२५६४), एमाले(२३२३)
३. झिमरुक गाउँपालिका, जनमोर्चा(३६६०), माओवादी(२७८२), एमाले(२२३७)
४. नौवहिनी गाउँपालिका, कांग्रेस(५७३७), एमाले(३५७५)
५.प्यूठान नगरपालिका, माओवादी(५३१३), एमाले(४२५३), कांग्रेस(३२५८)
६.मल्लरानी गाउँपालिका, जनमोर्चा(२३२८), एमाले(१६८३), कांग्रेस(१६३१)
७. माण्डवी गाउँपालिका, एमाले(१७५३), माओवादी(१७४१), कांग्रेस(१४८५)
८. सरुमारानी गाउँपालिका, एमाले(३६७७), माओवादी(२२४१), कांग्रेस(१४८०)
९.स्वर्गद्वारी नगरपालिका, एमाले(४५९८), जनमोर्चा(३६४५), कांग्रेस(२९६६)

पाल्पा
१ तानसेन नगरपालिका, एमाले(१०४५०), कांग्रेस(८०६७), माओवादी(११३७)
२. तिनाउ गाउँपालिका, एमाले(२८१०), कांग्रेस(२७०७), माओवादी(२३८८)
३. निस्दी गाउँपालिका, एमाले(५३२०), कांग्रेस(२९२३), संघीय समाजवादी(५३)
४. पूर्वखोला गाउँपालिका, एमाले(५६३६), कांग्रेस(१७३२), स्वतन्त्र(१७३)
५. बगानसकाली नगरपालिका, कांग्रेस(५५९४), एमाले(५३४६), जनमुक्ति(१४६)
६. माथागढी गाउँपालिका, कांग्रेस(५७९९), एमाले(३८०६), स्वतन्त्र(१८३)
७. रम्भा गाउँपालिका, एमाले(४७६७), कांग्रेस(४०९८), माओवादी(३२३)
८. रामपुर नगरपालिका, कांग्रेस(८८८५), एमाले(७६७६), जनमोर्चा(११४)
९.रिब्दिकोट गाउँपालिका, एमाले(३६९३),माओवादी(२४४८), कांग्रेस(२५५६)
१० रैनादेवी छहरा गाउँपालिका, कांग्रेस(५१४६), एमाले(४९४३), माओवादी(२०३९)

गुल्मी
१. ईस्मा गाउँपालिका, एमाले(५०५५), कांग्रेस(४०००), माओवादी(५६९)
२. कालीगण्डकी गाउँपालिका, कांग्रेस(४२८९), एमाले(३७७०),राप्रपा(४१)
३. गुल्मीदरवार गाउँपालिका, कांग्रेस(५५७५), एमाले(४७५०), माओवादी(२४४)
४. चन्द्रकोट गाउँपालिका, कांग्रेस(३३४०), एमाले(३०६२), माओवादी(२२३८)
५. छत्रकोट गाउँपालिका, एमाले(५५५१), कांग्रेस(५१५४)
६. धुर्कोट गाउँपालिका, माओवादी(५११६), एमाले(४७५३ )
७. मदाने गाउँपालिका, एमाले(४४२३), कांग्रेस(२९५७), माओवादी(७२५)
८. मालिका गाउँपालिका, एमाले(४०४२), कांग्रेस(३४४७), माओवादी(२०४०)
९. मुसिकोट नगरपालिका, एमाले(६६६८), कांग्रेस(५५८७), माओवादी(७१३)
१०.रुरु गाउँपालिका, एमाले(५२२२), माओवादी(३७६३)
११. रेसुङ्गा नगरपालिका, एमाले(६४०५), कांग्रेस(६२१८), माओवादी(४४३)
१२. सत्यवती गाउँपालिका, कांग्रेस(५१९७), एमाले(५१५३)

कपिलवस्तु
१ कपिलवस्तु नगरपालिका, कांग्रेस(९२५४), स्वतन्त्र(५६३१), संघीय समाजवादी(४०५४)
२. कृष्णनगर नगरपालिका, स्वतन्त्र(७१७८), माओवादी(३०८०), राप्रपा(२४३०)
३ बाणगंगा नगरपालिका, कांग्रेस(१५७३८), एमाले(१५२७८), जनमोर्चा(४०४)
४. बुद्धभूमि नगरपालिका, कांग्रेस(१००६३), एमाले(९९२६), संघीय समाजवादी(१७८२), माओवादी(१५६३)
५. महाराजगंज नगरपालिका, कांग्रेस(७७२४), स्वतन्त्र(६७४५), राप्रपा(७४९)
६. मायादेवी गाउँपालिका, संघीय समाजवादी(४७११), कांग्रेस(३३५२), मधेशी जन अधिकार(१९५८)
७. यसोधरा गाउँपालिका, कांग्रेस(३२७५), स्वतन्त्र(३१५५), नयाँ शक्ति(२२०३)
८. विजयनगर गाउँपालिका, एमाले(३५१२), स्वतन्त्र(३२८४), स्वतन्त्र(१६०५)
९.शिवराज नगरपालिका, एमाले(६१५५), संघीय समाजवादी(४७६२), राप्रपा(२६७१)
१० शुद्धोधन गाउँपालिका, स्वतन्त्र(१८३७), स्वतन्त्र(१७६३), मधेशी जन अधिकार(१७३८)

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१. सुस्ता गाउँपालिका, एमाले(३५११), कांग्रेस(२९५२), माओवादी(१४१३)
२. पाल्हीनन्दन गाउँपालिका, माओवादी(४४१०), कांग्रेस(३९२४), संघीय समाजवादी(२११४)
३. प्रतापपुर गाउँपालिका, कांगे्रस(४४३६), मधेशी जनअधिकार(३७२७), एमाले(१५६३)
४. बर्दघाट नगरपालिका, एमाले(१२८१४), कांग्रेस(११७७४), माओवादी(१८५०)
५. रामग्राम नगरपालिका, कांग्रेस(५८५६), एमाले(४५३०), राप्रपा(३८४४)
६. सरावल गाउँपालिका, मधेशी जनअधिकार(५०४५), कांग्रेस(३९१६), एमाले(१८४१), माओवादी(१६३३)
७.सुनवल नगरपालिका, कांगे्रस(९७०७), एमाले(९१८२), माओवादी(३५३५)

अर्घाखाँची
१. सितंगगा नगरपालिका, कांग्रेस(८६७७), एमाले(६९९०), जनमोर्चा(१३७)
२. सन्धिर्खक नगरपालिका, कांग्रेस(८२३०), एमाले(७१२७), जनमोर्चा(५७८)
३. भूमिकास्थान नगरपालिका, माओवादी(५३२०), जनमोर्चा(४५४२), एमाले४७०१)
४. पाणिनी गाउँपालिका, कांग्रेस(५९७७), एमाले(५४८५), माओवादी(८१४)
५. छत्रदेव गाउँपालिका, कांग्रेस(६१६७), एमाले(५०६५), माओवादी(९३२)
६ मालारानी गाउँपालिका, एमाले(६५०३),माओवादी(५५०४), जनमोर्चा(५६०)
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x