दल

माओवादी केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने दाहालकाे घाेषणा

इकागज |
पुस १६, २०७८ शुक्रबार २०:२ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भएका छन् । 

पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।  


’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ दाहालले भने ।


Author

थप समाचार
x