दल

कांग्रेस कर्णालीको पदाधिकारीमा संस्थापन पक्षकै वर्चस्व

लक्ष्मी भण्डारी |
मंसिर १९, २०७८ आइतबार १०:४७ बजे

सुर्खेत- नेपाली कांग्रेसको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कार्यसमितिका सबै पदाधिकारीमा संस्थापन पक्षका पदाधिकारीहरु विजयी भएका छन् । प्रदेश सभापतिमा जुम्लाका ललितजंग शाही चार सय २२ मत ल्याएर विजयी भएका छन् ।

पदाधिकारीको सार्वजनिक मत परिणाम अनुसार उप–सभापितमा कालिबहादुर सहकारीले चार सय ९७ र सनतकुमार कार्कीले  चार सय ४३ मत ल्याएर विजयी भएका छन् । 


यस्तै महामन्त्रीमा निरञ्जन केसीले चार सय २५ र कृष्ण रोकायले चार सय २३ मत ल्याए । सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापाले चार ३० र एकराज डाँगी चार सय ५९ मत ल्याएर विजयी भएका छन् । सह–महामन्त्री महिला पदमा रामछायाँकुमारी शाहीले चार सय २४ मत ल्याएकी छन् । 

 विजयी सबै संस्थापन पक्षका हुन् । सदस्यहरूको मत गणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
 
 


Author

थप समाचार
x