दल

सामाजिक अभियन्ता दिनेश र हेमा आमजनता पार्टीमा प्रवेश

इकागज |
बैशाख १०, २०८१ सोमबार १५:८ बजे

काठमाडौँ- सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेशकुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । 

आजपाको काठमाडौँस्थित केन्द्रीय पार्टी कार्यालयमा सोमबार एक कार्यक्रमका बीच दिनेश र हेमा आजपामा प्रवेश गरेका हुन् । दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्वारा जारी भ्रष्टाचार, अनियमितता एवं दलीय लुटतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।


सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो । 

यसअघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरतप्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालीन ६ वटा मधेशवादी दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य समेत रहेका साहले मधेशवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा देश भरी  प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।


Author

थप समाचार
x