दल

एमालेलाई विचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज |
बैशाख ९, २०८१ आइतबार १९:५६ बजे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक बिन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउँदै आगामी निर्वाचनमा राष्ट्रिय रूपमा निर्णायक बिन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई विचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनले बताए ।


पोखरेलले बैठकले गरेको निर्णयहरूका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेरूपी राष्ट्रिय शक्ति बनाउन सबै नेता कार्यकर्ताका साथै सिंगाे पार्टीपंक्ति लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगायत एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन् । दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए । 


Author

थप समाचार
x