दल

कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो- देउवा

इकागज |
बैशाख २, २०८१ आइतबार १३:३० बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगी जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरेको आरोप लगाएका छन् ।


उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् । 

उनले लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिना गरिएको बताउँदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिने बताएका थिए ।


Author

थप समाचार
x