दल

सडकमा मकै पोली खाने, जुत्ता पालिस गरी खाने माथि निर्मम दमन भयो : संसद अधिकारी (भिडियोसहित)

इकागज |
चैत २८, २०८० बुधबार १५:२९ बजे

काठमाडौँ  - राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले काठमाडौँ महानगरपालिकाले जताततै डोजर चलाएर भत्काएको बताएका छन् । राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै उनले महानगरले निर्माण कतै नगरेकाे आराेप लगाएका छन् ।

  'जथाभावी नालानदी भत्काइदिएका छन्', उनले भने, 'हाल निर्माण भइरहेका भौतिक पूर्वाधारको मापदण्ड के हो ? गुणस्तर के हो त्यसको अनुगमन र निरीक्षण आवश्यक देखिन्छ ।'


अधिकारीले सडकमा मकै पोली खाने जुत्ता पालिस गरी खाने मजदुरहरूलाई निर्मम दमन गरेको देखिएको भन्दै संसदको ध्यानाकर्षण गराए । उनले तिनको गरी खाने वैकल्पिक स्थानको व्यवस्थापन कतै नभएको बताए । 

सुकुम्बासीका अवस्था त्यस्तै रहेकाे उनले जानकारी गराए ।  कीर्तिपुर सामाखुसी लगायतका काठमाडौँ उपत्यकाका तिनै सहरमा रहेका वास्तविक सुकुम्बासी सोबासी र सडक मजदुरका समस्याहरू तर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, उनले भने ।


Author

थप समाचार
x