दल

राजीनामा दिएर गृहमन्त्रीले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ : शशांक कोइराला

इकागज |
चैत २७, २०८० मंगलबार १७:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पदबाट राजीनामा दिएर गृहमन्त्रीले छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले आरोपित भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताए ।


त्यस्तै उनले कांग्रेसले गरेको विरोध प्रतिपक्षीमा बस्नु परेको आक्रोश नभएको जिकिर गरे ।


Author

थप समाचार
x