दल

रास्वपाबाट उम्मेदवार बनेपछि लिम्बुलाई प्रेस सेन्टरले बर्खास्त गर्‍यो

इकागज |
चैत १६, २०८० शुक्रबार १५:५६ बजे

काठमाडौँ - वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई  नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।

माओवादी केन्द्रमा आबद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बात उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।


लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए ।

उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपा तिर लागेपछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।


Author

थप समाचार
x