दल

अनेरास्ववियुकी केन्द्रीय सदस्य रक्षा बम मोबाइल चोरी गरेको आरोपमा पक्राउ

इकागज |
चैत १४, २०८० बुधबार १५:२९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की केन्द्रीय सदस्य राजमती बम (रक्षा) पक्राउ परेकी छन् । 

बुधबार चोरी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । रस्मीला धामीले रक्षामाथि मोबाइल चोरी गरेको आरोप लगाएको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।


काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले उनी पक्राउ परेको जानकारी दिए । उनले इकागजसँग भने,' महाराजगञ्‍ज प्रहरी  वृतले उनलाई नियन्त्रणमा लिएको हो । म्याद थपका लागि उनलाई लगिएको छ ।'  


Author

थप समाचार
x