दल

सरकारले स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्छ : कांग्रेस बागमती प्रदेश सभापति बानियाँ

इकागज |
चैत १०, २०८० शनिबार १६:२३ बजे

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका छन् । सत्य, न्याय र गरिबको पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उनले आह्वान समेत गरे ।


उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौती बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरे ।

बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताए । 


Author

थप समाचार
x