दल

सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्छ : महत

इकागज |
चैत ५, २०८० सोमबार १६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने बताएका हुन् । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाइ छ ।


सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफूहरू रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरूले त्यसलाई पालना गर्नुपर्ने उनले बताए ।

त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चुनौती दिए ।

उनले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरू उपर लागेका आरोपहरूको अनुसन्धान गर्दा प्रभावित हुने विषयलाई कांग्रेसले संसदमा उठाएको भन्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखे । 


Author

थप समाचार
x