दल

नेसपाले पार्टीको महाधिवेशन आगामी माघमा गर्ने

इकागज |
चैत ५, २०८० सोमबार १४:५२ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ ।

सोमबार काठमाडौँमा सुरु नेसपाको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले २०८१ साल माघमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।


महाधिवेशनका लागि आयोजक कमिटी बनाउने र हालका सबै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरिने उनले बताए । महाधिवेशन अघि पार्टी संगठन विस्तार निर्माण अभियानलाई निरन्तरता भट्टराईले बताए । उनले चैत्रदेखि भाद्रसम्मको समय पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी दिए ।

बैठकमा अध्यक्ष महिन्द्र राय यादव पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डाका बारेमा समेत छलफल भइरहेको नेसपाले जनाएको छ ।


Author

थप समाचार
x