दल

देशमा आएको संकट समाधानका लागि कांग्रेस-एमाले एक हुनुपर्छ : बद्री पाण्डे

इकागज |
चैत ४, २०८० आइतबार १७:२६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस-एमाले एक हुनुपर्ने बताएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस-एमाले एक हुनुपर्ने बताएका हुन् ।


यद्यपि कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ छ । सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस-एमाले मिल्नुपर्ने सांसद पाण्डेको भनाइ छ । 

व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेकाले कांग्रेस-एमाले एकजुट हुनुपर्नेमा उनले जोड दिए । पाण्डेले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस-एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए । 


Author

थप समाचार
x