दल

कांग्रेसले सरकार ढाल्ने योजनामा गृहमन्त्रीमाथि प्रहार गरिरहेको छ : महेश बर्ताैला

इकागज |
चैत ४, २०८० आइतबार १६:४९ बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्रही भएर लागेको आरोप लगाएका छन् । 

आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लाछिानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् । 


कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गरे । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x