दल

पार्टीको झण्डा ओढाए सांसद अन्सारीप्रति श्रद्धाञ्जली अर्पण

इकागज |
चैत ४, २०८० आइतबार १६:४७ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद मञ्जु शर्मा अन्सारीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

आइतबार उपचारका क्रममा निधन भएकी सांसद शर्मालाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई पार्टी कार्यालय बालकुमारीमा राखिएको थियो । पार्टी कार्यालयमा नेताहरूले अन्सारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् । 


Author

थप समाचार
x