दल

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी

इकागज |
चैत ४, २०८० आइतबार ७:२१ बजे

वीरगञ्ज - जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

हिजोदेखि वीरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक क्लासिक व्याङक्वेटमा जारी रहेको छ ।


सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भुमिकाका विषयमा ब्रिफिङ गरेका छन ।

जारी बैठकले पार्टीको आगामी कार्य नीति एवं योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिरहेको छ ।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागी रहेका छन्।


Author

थप समाचार
x