दल

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

इकागज |
फागुन २७, २०८० आइतबार ८:४५ बजे

फाइल फोटो

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।  अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ । 

बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।​ राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणा हुँदैछ । 


सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ । 


Author

थप समाचार
x