दल

एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए

इकागज |
जेठ १९, २०८० शुक्रबार २१:५५ बजे

काठमाडौँ- नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । 

योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए पनि एक जना निलम्बनमा छन् । जसमा एक जना (सचिव टोपबहादुर रायमाझी, नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाले) निलम्बनमा छन् । 


शुक्रबार मनोनीत केन्द्रीय सदस्यहरू: 

१, मुकुन्द न्यौपाने, भोजपुर

२, प्रेमबहादुर सिंह, कालिकोट

३, भागवत विश्वासी, दाङ

४, चुणामणि जंगली, कास्की

५, हेमराज राई, भोजपुर

६, ठम्मर विष्ट, सुर्खेत

७, अजय गुप्ता, रौतहट

८, एकवाल मिया, बारा

९, गणेश खनाल, गुल्मी

१०, प्रेम तामाङ, रसुवा

११, यमबहादुर परियार, चितवन

१२, सुरेन्द्र मानन्धर, काठमाडौं

१३, उमाशंकर अरगरिया, धनुषा


Author

थप समाचार
x