दल

देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढ्याे : झलनाथ खनाल

इकागज |
चैत १७, २०७९ शुक्रबार २०:२४ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन् ।

शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्या र चुनौतीहरू खडा भइरहेको बताए । पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।


विश्व नै अहिले अनिश्चय पूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुद्ध नै हुने हो कि भन्ने चिन्ता रहेको बताए ।


Author

थप समाचार
x