दल

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

इकागज |
चैत ५, २०७९ आइतबार २१:२९ बजे

फाइल फोटो

लमजुङ - लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए ।


सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए । अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए । कूल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनिषा थापा विजयी भएका छन् ।

समानुपातिकतर्फ सदस्यहरुमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन् ।


Author

थप समाचार
x